सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौँ – भेरी नगरपालिकाले गाउँगाउँमा गएर किसानको खेतबारीमै माटो जाँच गरी माटोमा अम्लियपन पत्ता लगाएर सोहीअनुसारका बीउ सिफारिश गरेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो । अघिल्लो वर्षभन्दा यो वर्ष उत्पादनमा वृद्धि भएसँगै किसानले नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा बीउ लिएर व्यावसायिक खेती गर्न थालेका छन् ।
गत वर्ष ७५ प्रतिशत अनुदानमा बीउ पाएका किसानले अहिले ५० प्रतिशत अनुदानमा बीउ पाएका हुन् । कृषक समूहमार्फत बीउ वितरण गरी सबै कृषकलाई व्यावसायिकरूपमा खेती गर्ने वातावरण बनाएको छ । उहाँले भन्नुभयो, “अघिल्लो वर्षभन्दा यो वर्ष बीउ लिने र सहयोग माग्ने कृषकको सङ्ख्या अत्यधिक भएको छ, नगरपालिकालाई सबैभन्दा उत्कृष्ट बनाउन किसानको माग नै पहिलो आधार बनाएका छौँ ।”
कृषकले लगाएको बालीको रेखदेख र सल्लाह दिनका लागि खेतबारीमा प्राविधिक खटाउनुका साथै वडाध्यक्षलाई निगरानी गर्न आग्रहसमेत गरेको प्रमुख घर्तीले बताउनुभयो । माटो र परिवेश सुहाउँदो खेती गर्न किसानलाई सहयोग गरी अगाडि बढाउन कृषि क्षेत्र विकास कार्यक्रमसँग सम्झौता गरिएको छ । सो कार्यक्रमबाट नगरपालिकाका कृषकको जीवनस्तर माथि उठाउन महत्वपूर्ण कार्य हुने नगरपालिकाले जनाएको छ ।
कार्यक्रमले पूर्वाधार विकासका साथै तरकारी खेती, ओखर, कागतीलगायतका बिरुवा उत्पादनमा लगानी गर्नेछ ।
माटो जाँचपछि उत्पादन राम्रो पाएर कृषिजन्य वस्तुको उत्पादनलाई थप प्रभावकारी बनाएका कृषक अहिले नगरपालिकामा नयाँ–नयाँ खालका योजना माग गर्न थालेका छन् । वडा नं ८ का कृषक लालबहादुर थापाले भन्नुभयो, “हामी माल भएर चाल नपाउने किसान रहेछौँ, अहिले हामी नगरपालिकासँगको सहकार्यलाई बढाएर लैजान्छौँ र आफैँ आत्मनिर्भर भई परिचय बदल्छौँ ।
नगरपालिकाले नेपालकै पहिलो पोषण एप्स बनाई प्रयोगमा ल्याएसँगै यहाँका कृषकले लाभसमेत उठाएका छन् । सो एप्समा कृषिदेखि पोषणसम्म र बालीनाली लगाउनेदेखि कसरी खानेसम्मका कुरा समेटिएका कारण कृषकलाई सजिलो भएको हो । कृषकलाई राहत पुग्ने खालका नयाँ–नयाँ योजना ल्याएर प्रयोग गर्ने थुपै योजना कार्यान्वयमा आउने प्रशासकीय अधिकृत डिल्लीराज बेल्वासेले बताउनुभयो ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका