मिनेन्द्र रिजाललाई अवरोध र ज्ञानेन्द्र शाहीलाई कुटपिटबारे मानवअधिकार आयोगले निकाल्यो विज्ञप्ति

अशोज १४, २०७६

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजाल र आफूलाई भ्रष्टचार विरुद्ध अभियन्ता भन्ने ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमण प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।


तनहुँको ऋषिङ गाउँपालिकाको भवन शिलान्यास गर्न जाने क्रममा आइतबार रिजालमाथि आक्रमण प्रयास र शाहीमाथि शनिबार चितवनमा भएको आक्रमण प्रति आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ।

यी घटनाले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र विना अवरोध भयरहित वातावरणमा आवतजावत गर्न पाउने अधिकारको उल्लङ्घन भएको आयोगका प्रवक्ता वेद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘यस प्रकारका घटना दोहोरिन नदिने दृढता सरकारबाट आउन नसकेकोमा आयोग चिन्ता व्यक्त गर्दछ। यस घटनाका दोषी पत्ता लगाइ कानूनबमोजिम सजाय दिलाउन सरकारले देखाएको उदासिनताले मुलुकमा सुशासन र मानव अधिकार प्रति सरकारले गरेको प्रतिवद्धतामा प्रश्न उठेको छ’ विज्ञप्तिमा भनिएको छ।

कुनै पनि बहानामा यस किसिमको स्वतन्त्रताको अपहरण नगर्न तथा सभा सम्मेलन गर्ने र विचार राख्ने अभिव्यक्ति स्वतन्त्रताको वातावरण सिर्जना गर्न आयोगले सरकारलाई आग्रह गरेको छ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको