दैलेखको बाँसीमा सुरु भयो दोश्रो ऐतिहासिक खेलकुद,पर्यटन तथा साँस्कृतिक कार्यक्रम

अशोज २५, २०७६


चक्र प्रसाद पोख्रेल
दैलेख ः ज्वाला युवा संजालको आयोजनामा “खेलकुद विकास र सस्कृतिको जर्गेना हाम्रो कर्तव्य, सुन्दर रमणिय र समृद्ध महाबु पर्यटकीय गन्तव्य” भन्ने मूल नाराका साथ ं महाबु गाउँपालिका वडा न.३ बासँीमा सुरु भएको दोस्रो ऐतिहासिक खेलकूद, पर्यटन तथा सास्कृतिक कार्यक्रम २०७६को उद्घाटन प्रमुख अतिथि महाँबु गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा १ नम्बर वडा अध्यक्ष हरिप्रसाद उपाध्यायले पानसमा बत्ती बालेर गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यायले युवाहरुको यो जोस र जागरलाई सम्मान गरेर आफुले १ नम्वर वडाबाट केहि रकम सहयोग गरेको र आफ्नो ब्याक्तीगत तर्फबाट पनि सहयोग गरेको बताए ।साथै कार्यक्रमा बोल्दै उनले युवाहरुको हरेक मागहरुलाई गाउँपालिकाले पनि सहयोग गर्ने बताए ।यस कार्यक्रमले सास्कृतिक सम्पदा,पर्यटकिय क्षेत्रको प्रचारप्रसारमा ठूलो योगदान दिने ।खेलकुदको विकासमा समेत थप सहयोग पुग्ने बताए ।
त्यसै गरि उदघाटन कार्यक्रममा बोल्दै ३ नम्बर वडा अध्यक्ष हिरासिंह बडुवालले युवाहरुको मागलाई सम्बोधन गर्दै खेलकुद मैदानको निर्माणका लागी आफुले बजेट समेत छुटाईसकेको तर उपयुक्त ठाउको अभावले गर्दा काम अगाडि बढाउन नसकिएको बताए ।साथै अव सबैको सल्लाहमा सबैलाई पायक पर्ने ठाउमा खेलकुद मैदानको निर्माण गरिने उनले बताए ।
कार्यक्रममा बोल्दै ज्जाला युवा संजालका अध्यक्ष शुभेन्द्र पोख्रेलले यस सस्थाले विभिन्न कार्यक्रमहरु यस सस्थाले गर्दै आएको र गत्त वर्ष पहिलो वृहत खेलकुद तथा सास्कृतिक कार्यक्रम गरेको र यस वर्ष पनि विभिन्न चुनौतिका बीच यो कार्यक्रम गर्न लागिएको र कार्यक्रममा केहि मनकारी संघसस्थाहरुको सहयोगले गर्दा यहासम्म आएको बताए ।भने सस्थाका सचिव उपेन्द्र बुढाले सानो रकममा यति ठूलो कार्यक्रम गर्नु हाम्रो चुनौति रहेको बताए ।साथै उप सचिब चक्र बहादुर बुढाले सबैको साथ र सहयोगले गर्दा नै हामीलाई जोस जागर आएको बताए र आगामी दिनमा पनि अझै स्तरिए कार्यक्रम गर्ने बताए ।
कार्यक्रमको मूख्य आकर्षकको रुपमा रहेको भलिबल प्रतियोगिताको उद्घाटन खेलमा जगदिस मावि ऐराडी र कालिका एकता युवा क्लब काप्रीखोलाका खेलाडीहरुको बेजोड प्रस्तुति रहेको थियो र उदघाटन खेलमा कालिका युवा क्लबले जगदिस माविलाई १ का विरुद्ध २ अंक ल्याउदै आफ्नो जीत हासिल गर्यो ।
कार्यक्रममा उपस्थीत धेरै वक्ताहरुले ज्वाला युवासंजालले एउटा उदारण्ीय काम गरिरहेको बताएका थिए । कार्यक्रममा २ नम्बर वडा अध्यक्ष रामकृष्ण गुरुङ र विभिन्न संघसस्था ,पाटीका प्रतिनिधिहरुको उपस्थीत रहेको थियो भने विभिन्न कलाकारहरुको प्रस्तुति रहेको थियो ।आज दोश्रो दिन पनि विभिन्न कलाकारको प्रस्तुतिका साथ भलिबल प्रतियोगिता रहेको छ ।भने स्थानिय कलाकारहरुले देउडा गीत समेत प्रस्तुत गर्नेछन ।

कार्यक्रम आगामी २७ गत्ते सम्म सञ्चालन हुने आयोजकले बताएको छ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको