नविता र निशान भट्टराईको ‘बरिलै’ ले चर्चा बटुल्दै (भिडियो सहित)

कार्तिक १, २०७६

काठमाडौं – गायिका नविता पौड्यालले केहि दिन अघि सार्वजनिक गरेको म्युजिक भिडियो ‘बरिलै’ छोटो समयमै मिलियन कल्वमा प्रवेश गरेको छ । नविता पौड्याल र गायक निशान भट्टराईको युगल गायनलाई सोर्ताले रुचाएका छन् भने टिकटक बाट भाइरल भएका अमर र अमृतलाई समेत दर्शकले मन पराएका छन् ।

‘बरिलै’ बोलको यस गीतमा गायिका नविता पौड्याल र गायक निशान भट्टराईको युगल गायन रहेको छ । दिपक शर्माले गीतको लय संकलन गरेका हुन भने शर्माले नै यस गीतको शब्द लेखेका हुन । उदय राज पौडेलले गीतको संगीत संयोजन गरेका हुन ।

भिडियोमा वर्षा राउत र अलिशा राईको मुख्य अभिनय रहेको छ भने जुम्ल्याहा दाजुभाई अमर र अमृत दाहाललाई समेत भिडियोमा देख्न सकिन्छ । सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन । बिकाश ज्ञवालीले भिडियो सम्पादन गरेका हुन । सुब्रत राज आचार्यको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो ।

भिडियो: 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको