र्‍यापर भिटेनलाई मुद्दा चलाइने , युट्युबबाट गीत हट्यो

चक्र प्रसाद पोख्रेल ३ वर्ष अगाडि

काठमाडौं –चर्चित र्‍यापर भिटेनलाई अभद्र व्यवहारको मुद्दा चलाइने भएको छ ।महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई बिहीबार जाउलाखेलबाट पक्राउ गरेको थियो ।पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’मा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरलाई लिएर पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।पक्राउ परे लगतै उनको यो गीतलाई युट्युबबाट हटाउन लगाइएको थियो । उनलाई अभद्र व्यवहारको मुद्दा चलाउन महानगरीय प्रहरी वृत्त ललितपुर पठाइएको छ । 

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट