आलमको पक्षमा रौतहटमा जुलुस,आफ्नो गिरफ्तारी राजनीतिक प्रतिशोधबाहेक केहि नरहेको भनाई

चक्र प्रसाद पोख्रेल कार्तिक ८, २०७६

रौतहट – वम विस्फोट र घाइतेहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद आफताब आलमले आफूलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको बताएका छन् ।म्याद थपका लागि शुक्रबार अदालत उपस्थित गराउने क्रममा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै पूर्वमन्त्रीसमेत रहेका आलमले आफूलाई झुटो मुद्दामा फसाइएको दाबी गरे ‘मेरो गिरफ्तारी असान्दर्भिक छ, कानूनी राज्यको अवधारणाको उल्लघन हो’, उनले भने, ‘मेरो गिरफ्तारी राजनितिक प्रतिशोधबाहेक अरु केही होइन ।’उनीमाथि ज्यानसहित तीन मुद्दामा अनुसन्धान भइरहेको छ र अदालतले थप ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
१२ वर्ष अघि २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा आलमलाई २६ असोजमा पक्राउ गरिएको थियो ।

रौतहटमा आलमको पक्षमा मौन जुलुस

प्रहरी हिरासतमा रहेका सांसद मोहम्मद आफताब आलमको घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै शुक्रबार नेपाली कांग्रेसले रौतहटमा मौन जुलुस निकालेको छ ।वम विस्फोटका घाइतेहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा आलमममाथि अनुसन्धान भइरहेकै बेला कांग्रेसले जुलस निकालेको हो । जुलुसका सहभागीले नाराबाजी नगरे पनि विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
गौरको बीपीचोकदेखि जिल्ला अदालत र यहाँबाट मुख्य सडक हुँदै नेपाली कांग्रेसको पार्टी कार्यालयसम्म पुगेर मौन जुलुस सकिएको थियो । प्रहरीले आलममाथि अनुसन्धान गर्न शुक्रबार नै अदालतबाट थप ८ दिनको म्याद लिएको छ । जुलुसमा आलमको गृहनगर राजपुरका वासिन्दा बढी सहभागी थिए ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको