वीरगञ्जमा १२ थान गोलिया बरामद

३ वर्ष अगाडि

काठमाडौँ  – पर्साको सखुवा प्रसौनी गाउँपालिका – ३ सखुवा प्रसौनी टोलमा सञ्चालित सुदामा समिलबाट ४५ क्युफिट सालको काँचो काठ बरामद भएको छ । अवैध रूख कटान गरी ल्याएर लुकाएर राखेको अवस्थामा सालको १२ थान गोलिया वनगस्ती टोलीले सेना र प्रहरीको सहायतामा बरामद गरेको हो ।

मधुवन मथौल सबडिभिजन कार्यालय बढनियारका सुबेदार प्रदीप तिमल्सिनाले सुदामा समिलबाट खर र काठको भुसले छोपेर राखेको अवस्थामा ४५ क्युफिट काठ बरामद गरिएको जानकारी दिए । काठको बजार मूल्य १ लाख ४० हजार अनुमान गरिएको छ ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट