कात्तिक महिना लागेसँगै पुनः सुनको भाउ उकालो लाग्दै

कार्तिक १५, २०७६

काठमाडाैं – निकै उतारचढावबीच कारोवार हुँदै आएको सुनको मूल्य कात्तिक महिना लागेसँगै पुनः उकालो लाग्न थालेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु ७०० ले वृद्धि भएको छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार २०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । बिहीबार छापावाला सुन रु ७० हजार ५०० मा खरीद बिक्री भएको थियो । त्यसैगरी तेजाबी सुनको मूल्य पनि रु ७०० ले वृद्धि भएर प्रतितोला रु ७० हजार ९०० कायम भएको छ ।

शुक्रबार तेजाबी सुन प्रतितोला रु ७० हजार २०० मा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्य पनि रु १० ले वृद्धि भएर प्रतितोला रु ८७० पुगेको छ । पछिल्लो १५ दिनको अवधिमा सुनको मूल्य दुई पटक घटेको छ भने चार पटक वृद्धि भएको छ । कात्तिक १ गते छापावाला सुन प्रतितोला रु ७० हजार ६०० र तेजाबी सुन रु ७० हजार ३०० मा खरीद बिक्री भएको थियो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको