सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
म्याग्दी- पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुममा भएको जिप दुर्घटनमा दुईको घटनास्थलमै ज्यान गएको छ । दरबाङ बजारबाट रुम गाँउतर्फ जाँदै गरेको ध१ज ५९५ नम्बरको जिप रुमको बिलबाङ गाउँ नजिक दुर्घटना हुँदा चन्द्रबहादुर पुन र सक बहादुर विकको घटनास्थलमै ज्यान गएको हो ।
जिप पल्टिँदा उछिट्टिएर भीरबाट खस्दा पुन र विकको घटनास्थलमै ज्यान गएको मालिका गाउँपालिका वडा नं ६ दरबाङका अध्यक्ष सन्तनाथ सुबेदीले बताए । उनका अनुसार घटनास्थलमै दुईजना भने भीरमा अढ्किएर बच्न सफल भएका छन् ।
जिपभित्र सवार अन्य यात्रुसमेत सुरक्षित रहेका बताइएको छ । समान्य घाइतेलाई थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा पठाएएको छ ।
इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेको नेतृत्वमा प्रहरीको टोली तथा बेनीबाट प्रहरीको एलआरपी र सशस्त्र प्रहरी समेत घटनास्थलतर्फ गएको प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्माले बताए ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका