एक सय ७७ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड एक सय ५५ रनमा सिमित

कार्तिक १७, २०७६

काठमाडौँ-  न्युजिल्यान्डविरुद्धको टीट्वेन्टी क्रिकेट शृंखलाअन्तर्गत दोस्रो खेलमा इङ्ल्यान्ड २१ रनले पराजित भएको छ। 

इङ्ल्यान्डले एक बल बाँकी रहँदै सबै विकेट गुमाएको थियो। न्युजिल्यान्डका मिचेल सान्टनरले तीन तथा टिम साउथी, इस सोधी र लकी फर्गुसनले दुई दुई विकेट लिए। इङ्ल्यान्डका दाविद मालानले ३९, क्रिस जोर्डनले ३६ र इयोन मोर्गनले ३२ रन बनाए। जोनी बेयर्स्ट १, जेम्स भिन्स १, साम बिलिङ्स ८ र साम कुरानले ९ रन जोडेर आउट भए।

त्यसअघि न्युजिल्यान्डका जेम्स निसामले ४२, मार्टिन गुप्टिलले ४१ तथा कोलिन डे ग्रान्डहोम र रोस टेलरले समान २८ रन बनाए। इङ्ल्यान्डका क्रिस जोर्डनले ३ र कुरानले दुई विकेट हात पारे। पहिलो खेलमा इङ्ल्यान्ड विजयी भएको थियो। पाँच खेलको शृंखला १-१ को बराबरीमा पुगेको छ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको