पोखरामा नायिका ऋचाको शर्माको ब्याचलर पार्टी

३ वर्ष अगाडि

 काठमाडौँ- नायिका ऋचा शर्माले बिहेको तयारी गरेकी छिन् । केही समयदेखि प्रेममा रहेकी यी सुन्दरीले अब भने बिहे गर्ने तयारी गरेकी हुन् । ऋचाको बिहे मंसिरमा हुने वुझिएको छ ।

यसैविच, ऋचाले पोखरामा आफ्ना निकटका साथीहरुलाई निम्त्याएर ब्याचलर पार्टी दिएकी छिन् । ऋचाले आयोजना गरेको पार्टीमा नायिका प्रियंका कार्की, केकी अधिकारी लगायत पुगेका थिए ।

पार्टीमा उनीहरुले मस्ती गरेको तस्वीर सार्वजनिक भएको छ । नायिका प्रियंका कार्कीले पनि आफ्नो इन्स्टाग्राममा ऋचाको ब्याचलर पार्टीमा सहभागी भएको उल्लेख गरेकी छिन् । ऋचा केही समयदेखि दिपेक्ष्य राणाको प्रेममा छिन् । ललितपुरमा रहेको लबिम मलका म्यानेजर समेत रहेका राणासँग ऋचाको प्रेम चर्चा केही समयदेखि चल्दै आएको छ ।

ऋचा चलचित्र ‘हिजो आजका कुरा’मा काम गर्दैछिन् । योसँगै अब उनी बिहेको तयारीमा पनि देखिएकी छिन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट