सुनकोशीमा बस खस्यो, १० जनाको मृत्यु (भिडियोसहित)

चक्र प्रसाद पोख्रेल ३ वर्ष अगाडि

काठमाडौं : सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा बस खस्दा १० जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् ।
पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । २० जनाको भने उद्धार गरिएको उनले बताए । उनीहरूलाई बनेपा अस्पतालमा पठाइएको छ ।

आइतबार दिउँसो दोलखाको शैलुङ गाउँपालिकाको माघापौवाबाट शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस चौतारा सांगाचोकगढी गाउँपालिकाको ९ सुकुटेमा दुर्घटना भएको थियो। बस सडकबाट करिब सय मिटर तल नदीमा खसेको छ । बसमा ३४ जना यात्रु सवार थिए।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट