ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्नेलाई प्रहरीले पक्राउ

कार्तिक १८, २०७६

काठमाडौँ-   ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने दुई जनालाई चितवनबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमाअबिरल पोखरेल र सँगै अर्का एक जना पनि पक्राउ परेका छन्। पक्राउ परेकाबारे प्रेस नोट जारी गरेर जानकारी दिइने चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए।

आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता भन्ने शाहीमाथि आक्रमण भएपछि आक्रमणकारी पक्राउ गर्न नसकिएको भन्दै प्रहरीको आलोचना भएको थियो।

गत असोज ११ गते भरतपुरस्थित चोबिसकोठीमा नेपालका लागि नेपालीले आयोजना गरेको कार्यक्रम सुरू हुनै लाग्दा शाहीमाथि अज्ञात समूहले आक्रमण गरेको थियो।

ग्लोबल होटलबाट बा ३ ख ८४५८ नम्बरको माइक्रोमा चढेर कार्यक्रम स्थल जाँदै गरेका शाहीमाथि ढुंगामुढा भएको थियो। उनको टाउकोमा चोट लागेको थियो। प्रहरीका अनुसार घटनामा सम्लग्न अन्य केही फरार छन्। उनीहरुको पनि खोजी भइरहेकाे प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको