सोमबार सुनको मूल्य प्रतितोला दुई सयले घट्यो

कार्तिक १८, २०७६

काठमाडौँ  – आइतबार प्रतितोला ७१ हजार २ सयमा कारोबार भएको सुनको मूल्य आजका लागि ७१ हजारमा कायम भएको छ।

त्यसैगरी, तेजाबी सुनको मूल्य पनि दुई सयले घटेको छ। सोमबारका लागि तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ७ सयमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ९ सयमा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य प्रतितोला ८ सय ७० रुपैयाँमा स्थिर छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रति औंस १५ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको