उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयको अभियान सञ्चालन तयारी

कार्तिक १८, २०७६

काठमाडौं– सरकारले ‘हरेक घरः ऊर्जा घर’ अभियान सञ्चालन गर्ने तयारी गरेको छ । उर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुनले उर्जामा सबैको पहुँच पुर्याउन सो अभियान सञ्चालन गर्न लागिएको जानकारी दिएका हुन् ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २३ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले सञ्चालनमा ल्याएको ‘सबैका लागि उर्जा’ अभियानलाई पनि परिणाममुखी बनाउनुपर्नेमा जोड दिए ।

दीगो विकास लक्ष्य हासिल गर्न पनि सो अभियानलाई परिणाममुखी बनाउनुपर्ने मन्त्री पुनको भनाई छ । सरकारले आर्थिक वर्ष २०८०/०८१ भित्र करिब १२ प्रतिशत जनतामा नविकरणीय उर्जाको माध्यामबाट स्वच्छ उर्जामा पहुँच पु¥याउने लक्ष्य लिएको छ । त्यसका लागि सरकारले विशेष नीति तथा कार्यक्रम अघि सारेको मन्त्री पुनको दावी छ ।

मन्त्री पुनले सरकारले लिएको ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्न पनि वैकल्पिक उर्जाको महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको