‘छ माया छपक्कै’ प्रदर्शनको चौथो सातामा प्रवेश

कार्तिक १८, २०७६

 काठमाडौँ – दसैँको छेको पारेर गत असोज २४ गते रिलिज भएको फिल्म ‘छ माया छपक्कै’ प्रदर्शनको चौथो सातामा प्रवेश गर्न सफल भएको छ ।

फिल्मले एकसाता पनि राम्रो व्यवसाय गर्न नसकिएको वर्तमान समयमा ‘छ माया छपक्कै’ ले भने प्रदर्शनको चौथो साता पार गर्न सफल भएको छ । फिल्मले अहिले पनि राम्रो दर्शक पाइरहेको छ।

फिल्मको कमाइ १२ करोड नजिक पुगेको निर्माता अधिकारीले बताए । राजनीतिक विषयलाई हाँस्यरसमा ढालेर निर्माण भएको फिल्मको विषयवस्तु समीक्षकले समेत तारिफ गरेका कारण पनि यो फिल्म राम्रो चल्न सफल भएको हो ।

मिडियामा सकारात्मक समीक्षा आएपछि हलमा दर्शक बढ्ने ‘छ माया छपक्कै’ ले आफुलाई अनुभव गराएको निर्देशक दीपेन्द्र लामाले बताए ।

फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतको अभिनय रहेको छ । निर्देशक लामाकै कथा रहेको फिल्म ‘आमा सरस्वती मुभिज’, ‘रोहित अधिकारी फिल्मस्’ र ‘आईएमई’को संयुक्त ब्यानरमा निर्माण भएको हो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको