आइएसका कमान्डर अबु बकर अल बगदादीकी बहिनीलाई गर्याे टर्किले गिरफ्तार

३ वर्ष अगाडि

 काठमाडौँ- अमेरिकी कारबाहीमा मारिएका आतंकबादी समूह आइएसका कमान्डर अबु बकर अल बगदादीकी बहिनीलाई टर्किले गिरफ्तार गरेको जनाएको छ। टर्किले सोमबार उत्तरी सिरियास्थित सहर अजाजबाट बगदादीकी बहिनीलाई पक्राउ गरेको हो।

उनीसँगै उनका श्रीमा र बुहारीसमेत पक्राउ परेका छन्। उनीहरूसँग सोधपुछ चलिरहेको टर्कि प्रहरीले जनाएको छ। यो जानकारी टर्की प्रहरीले रोयटर्सलाई दिएको छ।

टर्कि अधिकारीका अनुसार ६५ वर्षीया बगदादीकी बहिनीको नाम पस्मिया अवाद हो। उनलाई छापा मार्ने क्रममा अजाज नजिकैबाट पक्राउ गरिएको हो। उनलाई गिरफ्तार गर्दा उनका पाँच बच्‍चा पनि साथमै रहेको बताइएको छ।

आइएसका आन्तरिक गतिविधिबारे बगदादीकी बहिनीबाट थुप्रै जानकारी संकलन गर्न सकिने टर्कि अधिकारीको विश्‍वास छ।न्युयोर्क टाइम्सका अनुसार रसमिया पनि आइएससँग आवद्ध छन्। उनी आतंकबादी संगठन आइएसलाई बाहिरका गोप्य जानकारी दिन्थिइन्।

बगदादीकी बिहनीबारे धेरै जानकारी नभएकाले रोयटर्सले गिरफ्तार भएकी महिला बगदादीकी बहिनी हुन् या होइन् भनेर अहिले नै पुष्टि भने हुन नसकेको जनाएको छ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट