सभामुख कृष्ण बहादुर महराको भित्रि कुरा

कार्तिक १९, २०७६

 काठमाडौँ – निवर्तमान सभामुख कृष्ण बहादुर महरा एक महिलामाथि उनकै घरमा गएर बलात्कारको प्रयास  गरेको अभियोगमा हिरासतमा रहेका  छन् ।  सभामुख महराले भने अदालतमा दिएको बयानमा आफु पिडित महिलाको कोठामा नै नपुगेको दाबि गरेका छन् ।

तर प्रहरीको अनुसन्धानले भने महरा पिडित महिलाकोमा गएर करिब   साढे १ घन्टा बिताएको खुलेको छ ।  महराले प्रयोग गरेका  मोबाईलको लोकेसन घटना भएको दिन पिडत महिलाकोमानै भएको देखिएको हो ।  महराले असोज १२ गते सादा पोसाकमा रहेका नेपाल प्रहरीका हबलल्दार बिष्णु बहादुर थापा र नेपालि सेनाका जमदार काजिमान श्यामहरी आचार्यलाइ लिएर रोशनि शाहिको कोठामा पुगेको अनुसन्दानमा उल्लेख छ ।  एक छिन बाहिर जानु पर्ने भयो नेपाल प्रहरी का एक जना र नेपालि सेनाका एक म सँग हिड्नु समेत भनेका थिए । सादा पोसाकमा हतियार सहित बाहिर निस्केको बताएका छन् ।  सोहि दिन उनका ब्यतिmगत सुरक्षामा खटिएका पिएसओ प्रहरी नायब निरिक्षयक किसोर आचार्य र डबल बहादुर बमलाई कुनै पनि मिटिङ नभएको र आफु घरमै आराम गर्ने भनि उनिहरुलाई पठाईदिएका थिए । ओज १२ गते सभामुख करिब १२ बजे सांम्सद भबनबाट निस्केका थिए ।  सभामुखका छोरा निर्मल महराले प्रयोग गर्ने बा २  झ २८६३ नम्बको  गाडि लिएर सभामुख  निस्केका हुन्  । बालुवाटारबाट निस्केको गाडि तिनकुने आएपछि महराले रोक्न आग्रह गरेको बताइको छ । गाडिबाट ओर्लेर महरा पिडित महिलाको कोठामा पुगेका र आधा घण्टामा आउछु भनि निस्केका महरा करिब साढे १ घण्टामा आएका उनका सुरक्षाकर्मीले बताएका छन् । सभामुख महरा पिडित महिलाको कोठामा गएको  पृष्टी भए पनि उनले भने  स्विकार गरेका छैनन् ।  आफु महिलाको कोठामा नभएर कोठा  नजिकै पुगेको बताएका छन् । महरा र सुरक्षा कर्मिको बयानमा मेल नआएको स्पस्ट रुपमा देखिएको छ । पिडित महिला रोशनि शाहिले अपराधिलाई कारबाहि होस भनि माग गरेकी  छिन् ।  सभामुख कृष्ण बहादुर  महरा अदालतबाट दोसि ठहरिएमा साडे सात बर्षसम्म जेल सजाए हुने र उनको साँम्सद पद समेत निलम्बनमा पर्ने छ ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको