सन्तोष श्रेष्ठको संगीतमा रमेश सुबेदीको राष्ट्रिय गीत ‘देशको माया गर्नेहरु’ सार्वजनिक

मोहन अभिलाषी ३ वर्ष अगाडि

“अप्ठेरोमा नडराउ देशको माया गर्नेहरु
अधेरोमा नहराउ देशको माया गर्नेहरु”

यस्तै राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘देशको माया गर्नेहरु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सर्जक रमेश सुबेदीको शब्द सृजना रहेको गीतमा गायक तथा संगीतकार सन्तोष श्रेष्ठले संगीत भरेका छन् भने गायक मनोजराज सिवाकोटीले गाएका छन् ।


कवि तथा निर्देशक हेमप्रभासको निर्देशनमा तयार भएको भिडियोमा हिराकाजी महर्जन, सन्तोष श्रोष्ठ, रमेश सुवेदी लगायतको अभिनय देख्न सकिन्छ । विरेन्द्र भाटको छायांकन र सम्पादन रहेको भिडियो वल्र्ड कभर निर्माण प्रालिले निर्माण गरेको हो । गीतको भिडियो गोल्डेन क्रियशनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट