महिला कर अधिकृतलाई कार्यालयभित्र जलाएर हत्या (भिडियो)

कार्तिक १९, २०७६

काठमाडाैं – कर अधिकृतलाई उनकै कार्यालयभित्र जलाएर हत्या गरिएको छ । आगोले जलेपछि उनी कोठाबाट बाहिर आएको र बचाउका लागि गुहारेको भिडियो समेत बाहिरिएको छ । महिलालाई बचाउन पुगेकाहरु समेत अलमलमा परेका थिए । बचाउन पुगेका केही व्यक्ति घाइते भए ।

हेर्दा हेर्दै जलेर उनको घटनास्थलमै मृत्यु भयो । सोमबार भारतको तेलंगना राज्यमा भएको घटनामा कर अधिकृत विजया रेड्डीलाई जलाएर हत्या गरिएको घटना हो यो । उनलाई बचाउन पुगेका एकजना कर्मचारीको समेत उपचारका क्रममा मंगलबार मृत्यु भएको छ । रेड्डीलाई कोठाभित्रै आगो लगाइएको थियो । उनी ढोका खोलेर निस्कन सफल भएपछि आगो फैलिइसकेको थियो । उनलाई बचाउने प्रयास असफल भयो । आगो लगाइनु अघि रेड्डी एकजना व्यक्तिसँग भेटिरहेकी थिइन् ।

के सुरेश नामका ती व्यक्तिले आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । सुरेश पनि घाइते छन् । रेड्डी र सुरेशको परिवारबीच सम्पत्तिको विषयमा अदालतमा मुद्दा चलिरहेको थियो । सोही दिन पनि रेड्डी अदालतमा यसै विषयबारेको सुनुवाईबाट फर्किएकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको