सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौं – वित्रि शिक्षण अस्पतालको दन्त विभाग र रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) को संयुक्त आयोजनामा मंगलबारदेखि ३ दिने दक्षता अभिवृद्धि तालिम ललितपुरको गोदावरीमा सुरु भएको हो।
तालिमकी प्रशिक्षक तथा त्रिवि शिक्षण अस्पतालकी फरेन्सिक डेन्टिस्ट डा सामरिका दाहालले सनाखत के हो? मृत्युपछि दाँतको माध्यमबाट कसरी सनाखत गर्ने, कसरी रिर्पोट तयार गर्ने? रेर्कड कसरी राख्ने? पुलिसलाई दिने रिर्पोट कसरी तयार गर्ने ? लगायतका विषयमा तालिम दिइने जानकारी दिइन्। विभिन्न सरकारी अस्पतालमा कार्यरत २३ जना दन्त चिकित्सक तालिममा सहभागी छन्।
शिक्षण अस्पतालको दन्त विभाग र आइआरसी मिलेर आयोजना गरेको तेस्रो तालिम हो। चौथो तालिम आगामी मार्चमा चितवनमा गरिने डा दाहालले बताइन्। नेपालमा धेरै दुर्घटना हुन्छ। धेरैजसो मानिसको सनाखत औँठा छाप र डिएनएको माध्यमबाट गरिन्छ। तर, दाँतबाट छिटो र थोरै उपकरणबाटै मानिसको सनाखत गर्न सकिने भएकाले पछिल्लो समय दाँतबाट सनाखत अर्थात फरेन्सिक डेन्टिष्ट्रीको विकास भइरहेको छ।
त्रिवि शिक्षण अस्पतालका दन्त विभाग प्रमुख डा कृष्ण केसीले मानिस दुर्घटनामा पर्दा उसको अन्य अंग जलिहाले पनि दाँत जस्ताको तस्तै हुने भएकाले दाँतबाट मानिसको पहिचान गर्ने आधार हुने बताए। उनले देशका हरेक जिल्लाका दन्त चिकित्सहरुलाई दाँतबाट सनाखत गर्ने तालिम दिन सकेमा विभिन्न घटना दुर्घटनामा परि मृत्यु भएका मानिसको सनाखत गर्न सजिलो हुने र काठमाडौंँसम्म धाउनुपर्ने बाध्यतामा कमी आउन सक्ने बताए।
शिक्षण अस्पतालका दन्त विभाग प्रमुख डा कृष्ण केसी, फरेन्सिक डेन्टिस्ट डा सामरिका दाहाल, आइसिआरसी भारतकी प्रतिनिधि डा दर्शना शर्मा, आइसिआरसी नेपालका फरेन्सिक विभागका शर्मिला गुरुङ, सन्देश श्रेष्ठले फरेन्सिक डेन्टिष्ट्रीबारे प्रशिक्षण दिनेछन्।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका