अमेरिका र चीनबीच ब्यापारयुद्ध जारी

३ वर्ष अगाडि

 काठमाण्डौँ- अमेरिका र चीन यी दुई देशले आयातित बस्तुमा भन्सार दर बढाएर अंकुस लगाउने क्रम जारी राखेका छन् । यसबीचमा समाधानका लागि ब्यापार वार्ता भएपनि रोकिएको भने छैन।

विश्वका यी दुई ठूला अर्थतन्त्रबीच ब्यापार युद्ध हुँदा फाइदा दुबैलाई भएको छैन। दुबै देशले गुमाइरहेका छन् । तर यसैमा फाइदा लिने देशहरु पनि छन्। सयुक्त राष्ट्र संघीय ट्रेड एन्ड डेभलपमेन्ट(अनट्याड)ले गरेको एक अध्ययनले ब्यपार युद्धबाट लाभ लिने देशहरुको नाम सार्बजनिक गरेको छ।

अनट्याडको अध्ययनअनुसार ब्यापार युद्धका कारण चीनले अमेरिकामा निर्यताको ६३ प्रतिशत हिस्ता गुमाएको छ। चीनले २१ अर्ब डलर बराबरको निर्यात गुमाएको छ। अमेरिकाले चीनबाट निर्यात हुने बस्तमा भन्सार बढाएपछि त्यसको स्वभाविक लाभ अन्य देशले लिएका छन्। यसमा सबैभन्दा बढी लाभ लिने चीन प्रशासित ताइवान नै रहेको छ।

अनट्याडका अनुसार ताइवानले यो बीचमा ४ अर्ब २० करोड अमेरिकी डलरले अमेरिकामा निर्यात बढाएको छ। सन् २०१९ को पहिलो ६ महिनाको तथ्यांकमा आधारित यो अध्ययनअनुसार ताइवानले मसिनरी र सञ्चार साधन निर्यात बढाएको हो।

त्यस्तै लाभ लिने अर्को देश हो मेक्सिको। मेक्सिकोले कृषिजन्य वस्तुको निर्यात बढाएको छ। अघिल्लो वर्षको तुलनामा मेक्सिकोले ३ अर्ब ५० करोड डलरले निर्यात बढाएको हो। युरोपियन युनियनले पनि २ अर्ब ७० करोड डलरले निर्यात बढाएको छ भने भियतनामले पनि २ अर्ब ६० करोड डलरले बढाएको छ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट