बन्चरो प्रहार बाट श्रीमानले गरे श्रीमतीको हत्या

कार्तिक २०, २०७६

काठमाडौँ-  सिरहाको कर्जन्हा नगरपालिका २ बन्दीपुरमा एक महिलाको हत्या भएको छ । स्थानीय रामबाबु पासवानले आफ्नै श्रीमती कवितादेवी पासवानको बन्चरो प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।

बुधबार बिहान पासवानकी श्रीमति कविताले मासु किनेर खाने भन्दै श्रीमानसँग पैसा मागेका थिए । तर श्रीमानले पैसा नदिएपछि सुरु भएको विवाद उग्र बन्दै हत्याको अवस्थामा पुगेको प्रहरीले जनाएको छ ।

पासवानले घाँटीलगायत शरीरका विभिन्न भागमा बन्चरो प्रहार गरेसँगै उनको घटनास्थलमै मृत्यु हुन पुगेको हो । घटनापछि पासवान फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको