अपहरणकारी पक्रन प्रहरीले चलायो गोली

३ वर्ष अगाडि

 काठमाडौँ – पर्सा प्रहरीले बुधबार बिहान वीरगन्ज-२५ सिर्सिया, खलवाटोलामा गोली हानी पोखरिया नगरपालिका-६ का २० वर्षीय राजकुमार दासलाई पक्राउ गरेको हो।उनको दाहिने खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ ।

उनले १४ वर्षीय बालक लाई अपहरण गरेको प्रहरीले जनाएको छ । कात्तिक १० गते बनेपाबाट पर्सा जाने क्रममा बालक बेपत्ता भएका थिए । दासले बीचमा फिरौती रकम माग गरिरहेका थिए।

सोही क्रममा बुधबार बिहान फिरौती रकम लिन गएका बेला पेस्तोल देखाइ अपहरित बालकका बुवाबाट रकम खोस्न खोज्दा प्रहरीले गोली चलाएको हो।घुँडामुनि गोली लागेका उनलाई उपचारका लागि नारायणी अस्पताल लगिएको पर्सा प्रहरीले जनाएको छ।

उनको साथबाट एक थान कटुवा पेस्तोल र सोको चार राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट