घट्यो सुन चाँदीको मूल्य, कति पुग्यो हेर्नुहोस् ?

३ वर्ष अगाडि

काठमाडौँ – साताको चौँथो दिन अर्थात बुधबार पनि सुनको मूल्य घटेको छ। आज छापावाला सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो छापावाल सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट