नयाँ विद्यालय सञ्चालनमा रोक लगाउने महानगरपालिकाको निर्णय

३ वर्ष अगाडि

 काठमाडौं – महानगरभित्र भएका विद्यालयहरूलाई नै व्यवस्थित बनाएर गुणस्तरीय शिक्षा दिने भन्दै महानगरले नयाँ विद्यालय सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । 

देश संघीयतामा गएसँगै विद्यालयहरूको नियम गर्ने अधिकार स्थानीय सरकारलाई गएको छ । त्यही अधिकार प्रयोग गर्दै हाल स्थानीय तहलले विद्यालयको नियमन गर्दै आएका छन् । काठमाडौं महानगरपालिकाले संविधानले दिएको यही अधिकार प्रयोग गर्दै आफ्नो क्षेत्रभित्र नयाँ विद्यालय सञ्चालन अनुमति नदिने निर्णय गरेको हो ।

संख्या बढेर गुणस्तरीय शिक्षा नहुने भन्दै महानगरले भएका विद्यालयलाई व्यवस्थित गर्ने योजना लिएको छ । अहिले काठमाडौंमा ९१ वटा सामुदायिक र ६ सय ६३ वटा संस्थागत विद्यालय छन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट