स्थिर ब्याजदरमा पनि ऋण दिने अब बैंकले

कार्तिक २१, २०७६

 काठमाडौँ- नेपाल राष्ट्र बैंकले अब बैंकहरूलाई स्थिर ब्याजदरमा पनि ऋण दिन निर्देशिका जारी गरेको छ।

अब  ऋण लिनुअघि ब्याजदर स्थिर राख्नेगरी बैंकसँग सहमति गर्न सकिने छ । एक वर्षभन्दा बढी अवधिको ऋण लिँदा ब्याजदर घटबढ नहुनेगरी ग्राहकसँग सहमति गर्न सक्ने निर्देशिका राष्ट्र बैंकले जारी गरेको छ। बैंकहरूले मनपरी रूपमा ब्याज बढाउने गरेको गुनासा आएपछि यसलाई सम्बोधन गर्ने उद्देश्यले राष्ट्र बैंकले निक्षेपमाजस्तै ऋणमा पनि स्थिर ब्याजदरको नीति ल्याएको हो । नेपाल बैंकर एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना ऋणमा स्थिर ब्याजदरको फाइदा र बेफाइदा दुबै रहेको औंल्याउँछन्।

चार वर्षका लागि कुनै ऋणीले आधार दर १० प्रतिशत भएको बैंकसँग प्रिमियम दर ४ जोडेर १४ प्रतिशत ब्याजदरमा स्थिर ऋण (फिक्स्ड लोन) लिए, बैंकले चार वर्षसम्म १४ प्रतिशतबाट तलमाथि गर्न पाउने छैन । ऋण लिएको एक वर्षपछि आधार दर घटेर ९ प्रतिशत पुगे पनि वा बढेर ११ पुगे पनि बैंकले सामान ब्याजदर लगाउनेछ । ब्याजदर घट्ने अवस्थामा पनि ऋणीले तोकिएको अवधिसम्म १४ प्रतिशत नै तिर्नुपर्नेछ भने बढ्ने अवस्था आयो भने पनि थप ब्याजदर तिर्नु पर्दैन।

तोकिएको अवधिसम्म ब्याज नबढ्ने भएकाले निश्चित आम्दानी हुनेलाई यसले सहजता प्रदान गर्ने राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । ब्याजदर बढेकै कारण हुन सक्ने ‘खराब कर्जा’ घटाउन यसले टेवा पुर्‍याउने भएकाले बैंकलाई पनि फाइदा हुने थापाको विश्लेषण छ।  ‘ब्याजदर बढ्दै जाँदा लोन डिफल्ट पनि बढ्ने सम्भावना हुन्छ, त्यसकारण यो व्यवस्था ऋणी र बैंक दुबैलाई फाइदाजनक रहेको थापाको भनाई छ ।

ब्याजदर पछि बढाउन नसकिने हुँदा सुरूमा यस्तो ऋणको ब्याजदरमा प्रतिस्पर्धा गर्न बैंक कमै आकर्षित हुनेछन्। दीर्घकालमा भने यस्तो ऋणमा दिने ब्याजमा पनि प्रतिस्पर्धा अवश्यम्भावी भएको एक बैंकरले बताए । अधिक तरलता हुँदा विगतमा पनि गाडी वा घर किन्नेले बैंकले ७ वा ८ प्रतिशतमै ब्याज पाएको उनले स्मरण गरे । त्यस्तै बैंकले बचतमा लिने ब्याजमा समेत यसले प्रभाव नपार्ने बैंकरहरूको भनाइ छ।

बैंकले आफ्नो आधार दरअनुसार ऋणको ब्याजदर तय गर्छन्। आधार दर घट्दै गए ऋणको ब्याजदर पनि घट्ने सामान्य सिद्धान्त छ। आधार दरमा ऋणको प्रकृतिअनुसार निश्चित प्रिमियम जोडेर कर्जाको ब्याजदर तय हुन्छ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको