कास्की २ मा विद्या भट्टराईको चुनावी अभियान शुरु : को हुन् विद्या भट्टराई ?

कार्तिक २१, २०७६

कास्की क्षेत्र नं २ मा उपनिर्वाचनका लागि सत्तारुढ नेकपाले विद्या भट्टराईलाई उम्मेवार बनाउने घोषणा गरेको छ । भट्टराईलाई जिताउन जिल्ला कमिटीले परिचालनका लागि योजना सहित निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।

भट्टराई काठमाडौं क्षेत्र ४ चावहिलमा हुर्कदै डिल्ली बजारमा रहेको पद्म कन्या मावि बाट प्रवेसिका उतृण गरि पद्मकन्या क्यापसबाट बिध्यार्थी आन्दोलनमा सकृय नेतृ हुन् ।

भट्टराई २०४७ सालमा पद्मकन्या क्याम्पसको प्रारम्भिक कमिटीमा आबद्ध हुँदै नेपालको राजनीतिमा सक्रिय हुँदै आएकी छन् । २०४७ सालमा अखिल नेपाल महिला सङ्घ जिल्ला समिति काठमाडौँको कोषाध्यक्षमा निर्वाचित उनी २०४८ सालमा अनेरास्ववियु जिल्ला कमिटी सदस्यको हैसियतले पोखरामा सम्पन्न एघारौँ राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद्मा निर्वाचित भएकी थिइन्। त्यसयता निरन्तर राजनीतिमा सक्रिय उनी २०५५ मा तिन महिनाका लागि अनेरास्ववियुको केन्द्रीय सचिव बनिन्। २०५६ मा अखिल नेपाल महिला सङ्घ केन्द्रीय सदस्य र कार्यालय सचिव तथा २०५७ सालमा बुद्धिजीवी परिषद्को सदस्य समेत बनेकी थिइन् ।

अहिले प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार रहेका नेकपा केन्द्रीय सदस्य डा. राजन भट्टराईकी बहिनी हुन्, विद्या भट्टराई । ०५४ सालमा एमाले विभाजन हुँदा राजन एमालेतिर र विद्या मालेतिर लागे । रविन्द्र पनि मालेमै थिए । त्यही समयमा उनीहरुको प्रेम विवाह भयो ।

कास्कीका रविन्द्र र सिन्धुपाल्चोककी विद्या तत्कालीन नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुको कार्यकर्ताका रुपमा करिव तीन दशकअघि भेटिएका थिए । संगठनमा रविन्द्र सिनियर थिए । दुवैले लामो समय अनेरास्ववियुको केन्द्रीय कमिटीमा काम गरे । २०५६ साल असार २६ गते उनले तत्कालीन विद्यार्थी नेता रवीन्द्र अधिकारीसँग विवाह गरेपछि रविन्द्रलाई सजिलो होस् भनेर विद्या राजनीतिबाट क्रमशः निश्कृय भइन् ।

अनेरास्ववियुको केन्द्रीय सचिवबाट बिदा भएपछि विद्याले घर व्यवहार धान्दै दुई छोरा विराज र स्वराजलाई हुर्काउने र आफ्नो प्राज्ञिक योग्यता बढाउनेमा ध्यान दिइन् । समाजशास्त्रमा एमफील उनी अहिले रत्नराज्य लक्ष्मी क्याम्पसमा प्राध्यापन गरिरहेकी छन् ।

विद्याले राजनीतिक करिअर अगाडि बढाउन चाहेको भए उनी यतिबेलासम्म सांसद र पार्टी केन्द्रीय सदस्य बनिसक्ने थिइन् ।

शंकर पोखरेल अनेरास्ववियुको अध्यक्ष हुँदा केन्द्रीय कमिटीमा पुगेकी विद्या योगेश भट्टराई अध्यक्ष र रविन्द्र अधिकारी कोषाध्यक्ष हुँदा महिला विभाग प्रमुख थिइन् । उनी ०४९ सालको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुबाट पद्मकन्याको स्वविययु सभापतिकी प्रत्यासी थिइन् । उनीपछि ममता गिरी र रामकुमारी झाँक्री पद्मकन्याको स्ववियु सभापतिका उम्मेवार बनेका थिए । भलै, त्यसबेला त्यो क्याम्पसमा नेविसंघको पकड रह्यो ।

समकालीन भए पनि विद्यार्थी राजनीतिमा विद्या भट्टराई आफूहरुभन्दा एक कार्यकाल अघि नै केन्द्रीय कमिटीमा पुगेको ममता बताउँछिन् । दोस्रो संविधानसभामा तत्कालीन एमालेबाट सभासद र पार्टी केन्द्रीय सदस्य रहेकी ममता अहिले नेकपा केन्द्रीय सदस्य छिन् ।

दुई छोरा जन्मिएको अवधिमा रविन्द्र अधिकारी धमाधम पार्टी राजनीतिको खुटकिला चढिरहेका थिए । अनेरास्ववियुको नेतृत्वबाट पार्टी राजनीतिमा आएसँगै उनले कास्कीको कमाण्ड सम्हाल्न पाएका थिए । त्यो अवस्थामा विद्याले घरपरिवार सम्हालेर उनलाई पूरा समय राजनीतिमा सक्रिय हुन सघाइन् ।

विगतमा काठमाडौंकी छोरीका रुपमा राजनीति गरेको भएपनि अब कास्कीकी छोरीका रुपमा उम्मेदवार बनेको उनले बताइन् ।

उनले विगतमा राजनीतिबाट किन टाढा भएको भनेर उठाइएको प्रश्नको पनि जवाफ दिइन् । ‘मैले हिजो किन राजनीति छोडेँ भन्ने प्रश्न छ, यसमा विवाहपछि महिलाको फरक जिम्मेवारी अवश्य हुन्छ । त्यसको जिम्मेवारीमा म पनि परेँँ र परिवारलाई सम्हाल्नका निम्ति पनि म सक्रिय राजनीतिबाट पछि हटेकी हुँ,’ विद्याले कास्कीका नेकपा नेता कार्यकर्ताबीच प्रतिवद्धता जनाइन्, ‘तर, मैले राजनीति छोडेकी होइन । पार्टीले दिएको जिम्मेवारीलाई न्याय अवश्य पुर्‍याउने छु ।’

प्राध्यापन पेशामा रहँदा पनि कुनै न कुनै हिसाबले पार्टीलाई सहयोग गर्दै आएको उनले बताइन् ।

सक्रिय राजनीतिबाट केही विश्राम लिएर प्राध्यापन पेशामा सक्रिय उनलाई नेकपा जिल्ला कमिटीले विगतको सक्रिय राजनीति पाटो र क्षमतावान् बौद्धिक र तार्किक क्षमता मूल्याङ्कन गर्दै कास्की क्षेत्र नं २ बाट उम्मेदवार बनाएको जिल्ला कमिटीले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको