डेंगु नियन्त्रण भएको सरकारको दाबि तर सरकार र स्वास्थ्यकर्मी बिच भनाइ बाझियो

३ वर्ष अगाडि

काठमाडौँ –  वैशाख अन्तिमबाट प्रदेश नं. १ सुनसरीको धरानबाट सुरु भएको डेंगु महामारीमा परि ६ जनाले अकालमा ज्यान गुमाउनु प¥यो ।

 असार, साउन, भदौ र असोज अन्तिमसम्ममा महामारीको रुपमा फैलिएको डेंगुको संक्रमणमा देशभर झण्डै १५ हजार बिरामी परेका थिए ।असोज अन्तिमसम्म पनि ठूलो महामारीको रुपमा फैलियो डेंगु । अहिले संक्रमण घटेको हो कि भन्ने धेरैको अनुमान छ । दशैँ, तिहार, छठको लामो सार्वजनिक बिदाका कारण पनि तथ्यांक संकलनमा केही सुस्तता हुन सक्ने जानकारहरु बताउँछन् ।

सरकार र स्वास्थ्यकर्मीको भनाइ भने बाझिएको छ । सरकार डेंगु नियन्त्रणमा आएको बताउँदै आईरहेको छ भने चिकित्सकहरु नियन्त्रण भयो भन्न सक्ने अवस्था नरहेको बताउँछन् ।

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कात्तिक २० सम्ममा १४ हजार ६ सय ६२ जना डेंगुका बिरामी रहेको तथ्याङ्क छ । प्रदेश नं. १ मा १ हजार २ सय ४६, प्रदेश नं. २ मा २ सय ६८, प्रदेश नं. ३ मा ७ हजार १ सय ५१, गण्डकी प्रदेशमा ३ हजार ८ सय ७, प्रदेश नं. ५ मा १ हजार ९ सय ७७, कर्णाली प्रदेशमा ७३ र सुदूरपश्चिम प्रदेशमा १४० जना छन् ।

महाशाखाले असोज १३ गते सार्वजनिक गरेको तथ्याङ्कमा १० हजार ९ सय ९३ जना बिरामी संख्या थियो । यो तथ्याङ्क अनुसार ३ हजार ६ सय ६९ जना बिरामी बढेको देखिन्छ । सरकारले नियन्त्रण भयो भनिरहँदा तथ्याङ्कलाई नै आधार मान्ने हो भने नियन्त्रण भईसकेको अवस्था देखिदैन बरु अझै बढेको देखिन्छ ।

टेकु अस्पतालको स्वास्थ्यकर्मीको टोली दिनरात नभनि असोज अन्तिमसम्म स्वास्थ्य परीक्षण, उपचार र नागरिकलाई जानकारी गराउन खटेका थिए । तर अहिले केही मात्रामा संख्या घटे पनि डेंगुकै उपचारमा लागिरहेको कर्मचारीहरुको भनाइ छ ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट