नुगलय जायक मतिना नेपाल भाषाको म्यूजिक भिडियो सावर्जनिक

कार्तिक २१, २०७६

काठमाडौं- तिहार तथा नेपाल संबत ११४० को उपलक्ष्यमा नुगलय् जायक मतिना नेपाल भाषाको म्यूजिक भिडियो काठमाडौंमा डिभिडी एल्बम सावर्जनिक भएको छ ।

नेपाल भाषाको ६ वटा गीत समावेश गरीएको एल्बममा गीतका रचनाकार तिर्थमान महर्जन हुन् । जसमा नुगले जाय्क मतिना, न्यासी न्यासी चाया जुइम्ह, यो मां यो बा, मतिना यायगुसा यानाब्यु, जा थुइगु तन्ता कायम्वाः र जित योम्ह हाकुमैचा भन्ने गीत समावेश गरिएको छ ।

सुमन कपाली, राम कुमार सायमीले संगीत भरेका छन भने यस गितमा स्वर दिएका छन् । सुमन कपिली, राम कुमार सायमी, सरस्वती मानन्धर, दिस्यु मानन्धर साथै रचनाकार समेतले गीतमा स्वर दिएका छन ।

अमृत मान महर्जनले पाच वटा गीतमा निर्देशन गरेका छन् भने राजन शाहीले एउटा गीतमा निर्देशन गरेका छन । सो म्यूजिक भिडियो नयाँ कलाकार आशीष महर्जन , इलिसा महर्जन, विजय खड्गी, राजेश महर्जन, विक्रम तण्डुकार,वविता, प्रतिक्षा ले अभीनय गरेका छन् भने नेपाली र नेपाल भाषाका बरिस्ठ कलाकार सरस्वती मानन्धर, सानु तामा्कार, अमृतमान महजन, सुशीला तण्डुकार र राजु महर्जनले अभिनय गरेको छ ।

भिडियो :


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको