कविता : नग्नतामा सुन्दरता – नारायण काईलो

मोहन अभिलाषी कार्तिक २३, २०७६

नाङ्गो हुनु त हिमाल जस्तो
जो आफू नाङ्गो छ
तर अरुलाई आफ्नो नग्नता देखाएर मोहित पार्छ

नाङ्गो हुनु त पानी जस्तो
जो आफू नाङ्गो छ
नाङ्गैमा जिन्दगी बित्छ
आफ्नो मृत्युले दुनियाँको प्यास मेटाउँछ

नाङ्गो हुनु त सियो जस्तो
जो आफू नाङ्गो छ
आफू नाङ्गो भएर पनि
मान्छेको लाज ढाकिदिने काम गर्छ

नाङ्गो हुनु त ऐना जस्तो
जो आफू नाङ्गो छ
आफू नाङ्गो हुनुमा पश्चताप छैन
उ अरुको शृङगारमा लठ्ठ हुन्छ
र उ नाङ्गै हुन मन पराउँछ

जो यहाँ नाङ्गा छैनन्
जो आफू नाङ्गो भएको महसुस गर्दैनन्
तिनकै नाङ्गा विचारहरुले
यो देश नाङ्गो भैसकेको छ

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको