सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौँ- आसन्न १३ औँ दक्षिण एसियाली खेलकुद-सागका लागि नेपाली फुटबल टोलीको घोषणा गरिएको छ। प्रशिक्षक बालगोपाल महर्जनले यू-२३ राष्ट्रिय टोलीको घोषणा गरेका हुन्।
टोलीमा गोलरक्षकतर्फ विकेश कुथु, अर्पन कार्की र दीप कार्की छन्। अनन्त तामाङ, दिनेश राजबंशी, सुमन अर्याल, विक्रम लामा, विकाश खवास, मिकचेन तामाङ र छिरिङ गुरुङले नेपाली टोलीको रक्षापंक्ती सम्हाल्नेछन्।
मिडफिल्डरमा सुजल श्रेष्ठ, सुनिल बल, हेमन्त थापामगर, नितिन थापा, सेसेहाङ आमदाङम्बे र तेज तामाङ छनोट भए। विमल घर्तिमगर, अभिशेक रिजाल, रेजिन सुब्बा र अन्जन विष्टले नेपाली टोलीको अग्रपंक्ती सम्हाल्ने छन्।
१३ औँ साग आगामी १ देखि १० डिसेम्बरसम्म नेपालमा आयोजना हुँदै छ। नेपाल साग पुरुष फुटबलको साविक विजेता हो। सन् २०१६ मा आयोजित पछिल्लो सागमा नेपालले पुरुष फुटबलमा स्वर्ण जितेको हो। नेपालले साग पुरुष फुटबलमा २३ वर्षपछि स्वर्ण पदक जितेको थियो।
साग फुटबलमा यू-२३ राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्छ जसमा अधिकतम ३ जना ‘ओभर एज’खेलाडीलाई टोलीमा समावेश गर्न पाइन्छ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका