रिङरोडभित्र चार दिन मालवाहक सवारीसाधन चलाउन नपाइने

कार्तिक २५, २०७६

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले रिङरोडभित्र मंगलबारदेखि चार दिन( २६-२९ गते) मालवाहक सवारीसाधन नचलाउन आग्रह गरेको छ।

महाशाखाले बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको औपचारिक सद्भावना भ्रमणलाई ध्यानमा राखी मालवाहक सवारीसाधन चलाउनमा रोक लगाएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति हमिदले मंगलबारदेखि नेपालको औपचारिक भ्रमण गर्नेछन्। त्यस्तै, महाशाखाले वैकल्पिक मार्ग अपनाउनसमेत आग्रह गरेको छ। अनावश्यक हर्नको प्रयोग नगर्न महाशाखाले जनाएको छ।

नेपालमा रहँदा हमिदले समकक्षी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन्  ।राष्ट्रपति भण्डारीले हमिदको सम्मानमा रात्रीभोज आयोजना गर्नेछिन्।

भ्रमणका क्रममा हमिद पोखरा पनि जाने परराष्ट्रले जनाएको छ। हमिद शुक्रबार स्वेदश फर्कने छन्।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको