सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौँ – अष्ट्रेलियामा गत तीन दिनयता फैलिएको डढेलो नियन्त्रण हुन नसक्दा सिड्नीसम्म फैलिएको छ । मङ्गलबार न्यू साउथ वेल्समा मात्रै ६० बढी स्थानमा भीषण आगलागी भएको छ ।
अष्ट्रेलियामा अहिले तापक्रम बढ्दो छ र हावाको बेग पनि उच्च भएकोले ढडेलो निकै कम समयमा फैलिने अधिकारीले चेतावनी दिएका छन् । यो क्षेत्रमा करिब ६० लाख मानिसको बसोबास छ । अति संवेदनशील क्षेत्रका बासिन्दालाई झाडीयुक्त स्थानमा नबस्न र आगलागी आफ्नो घरसम्म आइनपुग्दै अन्यत्र सर्न सरकारले आग्रह गरेको छ । उक्त राज्यका ६ सय विद्यालय बन्द गरिएका छन्।आगलागीका कारण न्यू साउथ वेल्स र क्वीन्सल्याण्डमा सात दिने सङ्कटकालको घोषणा गरिएको छ ।
न्यू साउथ वेल्स र क्वीन्सल्याण्डमा गत शुक्रबारदेखि फैलिएको आगोका कारण तीनजनाको मृत्यु भएको छ भने दुई सयभन्दा घरहरुमा क्षति पुगेको छ । विशेषज्ञले यो आगलागीलाई भिक्टोरियाको सन् २००९ को ‘ब्ल्याक स्याटरडे बुसफायर’ सँग दाँजिरहेका छन् जसमा १ सय ७३ जनाको मृत्यु भएको थियो ।
सिड्नी र उक्त शहरको उत्तरी र दक्षिणी भेगमा यस्तो ‘भयानक’ स्तरको आगलागी भएको यो पहिलो घटना हो । उनका अनुसार तीन हजार अग्नी नियन्त्रक फ्रन्टलाइनमा छन् । अन्य राज्य र न्यूजिल्याण्डबाट पनि अग्नी नियन्त्रक खटाइएका छन् । अष्ट्रेलियाको सुरक्षाबल पनि सहयोगका लागि सतर्क छन् ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका