मंगलबार बङ्गलादेशका राष्ट्रपति नेपाल भ्रमणमा आउँदै

कार्तिक २६, २०७६

काठमाडौँ –  चार दिवसीय भ्रमणका लागि मोहम्मद अब्दुल हमिद आज मध्याह्न १२ः ४५ बजे बङ्गलादेश एयरलाइन्सबाट नेपाल ओर्लने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रले जारी गरेको भ्रमण तालिका अनुसार हमिद १२ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् र त्यसपछि उनी केही बेरका लागि म्यारिएट होटलमा जानेछन् आरामका लागी।उनको आजै भक्तपुर क्षेत्रको भ्रमणमा जाने कार्यक्रम छ भने भोलि राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग भेटवार्ता गर्नेछन् । भोलि नै उनको सम्मानमा राष्ट्रपतिले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ ।

उनी बिहीबार ११ः३० बजे सेनाको हेलिकोप्टरबाट पोखरा जानेछन् र त्यहाँ फेवाताल पनि जाने कार्यक्रम छ। बिहीबार काठमाडौँ फर्कने उनी शुक्रबार अपरान्ह ४ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको