लोकसेवा आयोगले पहिलोपटक प्राविधिक पदको पाठ्यक्रममा परिमार्जन

कार्तिक २७, २०७६

काठमाडौं- लोकसेवा आयोगले पहिलोपटक प्राविधिक पदको पाठ्यक्रममा परिमार्जन गरेको छ । परिमाजनसँगै प्राविधिक पदहरूको परीक्षामा विषयगत विश्लेषण क्षमता परीक्षणलाई अनिवार्य गराइएको आयोगले जनाएको छ ।

आयोगले यसअघि प्राविधिक पदका वस्तुगत परीक्षण प्रणाली मात्रलाई योग्यता मापनको आधार मान्ने गरेको थियो । आयोगले लामो समयपछि प्राविधिकतर्फका सेवा/समूह तथा उपसमूहअन्तर्गतका पदको पाठ्यक्रममा परिमार्जन गरिएको जनाएको छ । आयोगले पाठ्यक्रमलाई समयानुकूल बनाउन र अधिकतम योग्य उम्मेदवार छनोट हुने व्यवस्था मिलाउन पाठ्यक्रममा परिमार्जन गरिएको जानकारी दिएको छ ।

लोक सेवा आयोगले आज ३६० भन्दा बढी प्राविधिकतर्फका अधिकृतहरूका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले वार्षिक कार्यतालिकानुसार विज्ञापन आह्वान गरेको हो ।

प्राविधिक पदको पाठ्यक्रममा पहिलोपटक परिमार्जन गरिएको आयोगले जानकारी दिएको छ । परिमार्जित पाठ्यक्रम सोमबारबाट लागू भएको छ । आयोगले अप्राविधिकतर्फको उपसचिवतर्फ व्यक्तिका अन्य गुण र क्षमताको समेत परीक्षण हुनेगरी २०७३ सालबाट अप्राविधिकतर्फका राजपत्रांकित प्रथम श्रेणीका पाठ्यक्रम परिमार्जन गर्दै मामिला अध्ययन र प्रस्तुतीकरण परीक्षा समावेश गरेको थियो ।

त्यस्तै, आयोगले आर्थिक वर्ष २०७५/७६ बाट अप्राविधिकतर्फ प्रशासन सेवा, परराष्ट्र सेवा, न्याय सेवा, लेखापरीक्षण सेवा तथा व्यवस्थापिका संसद् सेवाका राजपत्रांकित द्वितीय श्रेणी, उपसचिव वा सोसरह पदका खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षामा ‘इन बास्केट एक्सरसाइज’परीक्षण विधि कार्यान्वयनमा ल्याएको थियो ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको