भरुवा बन्दुकको गोली लागेर कटारी ११ मा एकको मृत्यु

कार्तिक २७, २०७६

उदयपुर -उदयपुरको कटारी नगरपालिका वडा नम्बर ११ गोठडाँडामा गएराति एकजनाको गोली लागेर मृत्यु भएको छ । भरुवा बन्दुकको छर्रा लागेर स्थानीय शंकर राउतको मृत्यु भएको  ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले बताउनुभयो ।

सिकार खेल्न जाँदा भरुवा बन्दुकको गोलीले राउतलाई लागेको  बताईएपनि थप अनुसन्धान भईरहेको केसीले बताउनुभयो ।  ‘गोली कसरी लाग्यो ,कसले चलायो थप अनुसन्धान गरिरहेका छौं ।’केसीले भन्नुभयो –‘छर्रा लागेर एकजनाको मृत्यु भएको छ अन्य कुरा खुल्न बाँकी छ ।

’घटनाको वास्तविकता अनुसन्धानपछी मात्रै खुल्ने पनि डिएसपी केसीले बताउनुभयो । हाल  पोष्टमार्टमका लागि शव कटारी अस्पत्तालमा ल्याईएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको