चीनका अधिकांश शीर्ष नेताहरू वैज्ञानिक र इन्जिनीयर

कार्तिक २७, २०७६

काठमाडौं – चीनले भव्य प्रगति गर्नुमा त्यहाँको अब्बल राजनीति प्रमुख कारण भएको चीनविज्ञहरूले बताएका छन् । चीनका अधिकांश सबै शीर्ष नेताहरू वैज्ञानिक र इन्जिनीयर छन् । चीनमा वैज्ञानिकहरूलाई अत्यन्तै आदर गरिन्छ । वैज्ञानिकहरूलाई सम्मान गरिने भएकाले राजनीतिक मामिला पनि उनीहरूले राम्रो गरी सम्हाल्न सक्छन् भन्ने चिनियाँ जनताको विश्वास छ ।

चिनियाँहरूले वैज्ञानिक तथा इन्जिनीयरको दिमाग नै अनुशासित हुने भएकाले सरकारी जिम्मेवारी सम्हाल्न उनीहरू सक्षम रहेको धारणा बनाएका छन् । अहिले चिनियाँ सरकारमा रहेका नौजना शीर्ष अधिकारीमध्ये आठजना वैज्ञानिक र इन्जिनीयर छन् । यस नेतृत्वले नयाँ कुरा आविष्कार गर्न र चीनको श्रमशक्तिलाई विज्ञान, प्रविधि तथा इन्जिनीयरिङमा केन्द्रित गर्न जोड दिएको छ ।

चिनियाँ नेताहरूमा अर्थशास्त्री, अनुसन्धाता र पत्रकार समेत पर्छन् । तर उच्चतम पदमा वैज्ञानिक र इन्जिनीयर छन् । राष्ट्रपति शी चिनफिङले बेइजिङमा रहेको शिंगुवा विश्वविद्यालयबाट केमिकल इन्जिनीयरिङ पढेका हुन् । उनले मार्क्सवादमा स्नातकोत्तर समेत गरेका छन् र कानूनमा विद्यावारिधि पनि गरेका छन् ।

नेसनल कमिटी अफ द चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्सका अध्यक्ष यु झेङशेङ पनि इन्जिनीयर हुन् । उनले हार्बिन मिलिटरी इन्जिनीयरिङ इन्स्टिच्युटको मिसाइल इन्जिनीयरिङ डिपार्टमेन्टबाट ब्यालिस्टिक क्षेप्यास्त्र स्वचालित नियन्त्रण विषयमा स्नातकोत्तर गरेका छन् ।

ली चेङ र लीन ह्वाइटले गरेको एक अध्ययनमा चीनको राजनीतिक सम्भ्रान्त वर्गमा वैज्ञानिक र इन्जिनीयरहरूको बाहुल्य रहेको पाइएको छ । चीनका प्रान्त, जिल्ला, शहर र गाउँका सदस्यहरूमा पनि ८० प्रतिशत जति विषयविज्ञ छन् । अर्थात् १० मा आठ नेताले विज्ञान वा इन्जिनीयरिङमा कम्तीमा चार वर्षको स्नातक तह उत्तीर्ण गरेकै छन् ।त्यसैले गर्दा त चीनले प्रविधि तथा निर्माणको क्षेत्रमा अभूतपूर्व प्रगति गरेको छ ।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको