चीनमा एउटा अनौठो कानून : : रातको १० बजेपछि होमवर्क गराउँन नपाइने

कार्तिक २७, २०७६

 काठमाडौं – विद्यार्थी जीवनमा हरेकको एउटै समस्या हुन्छ, होमवर्क । दिनभरी पढेको बिषयको रातभरी होमवर्क गर्नुपर्दा कतिपय विद्यार्थीहरु यसलाई बोझ मान्ने गर्दछन् । अझ साना उमेर र तल्लो कक्षाका विद्यार्थीका लागि त होमवर्क पहाड नै सावित हुन्छ । तर प्रतिस्पर्धाको दुनियाँ भन्दै आफ्नै छोराछोरीलाई होमवर्कको बोझ थप्न अभिभावक पनि लागि पर्छन् ।

त्यसैले विद्यालय होस् वा घरमा जतिबेलै पनि पढाई लेखाईमा समय दिने हुदा विद्यार्थीहरु अरु कामका लागि फुर्सदसमेत हुँदैनन् । तर चीनमा भने यो समस्या छैन । चीनमा समयभन्दा बाहिर होमवर्क गर्न पाइँदैन । विद्यार्थीमाथि बोझिलो बनेको होमवर्कबाट क्रुद्ध भएर चीनमा एउटा अनौठो कानून बनाइएको छ ।चीनको झेजियाङ प्रान्तमा लागू भएको यो नियमले निकै ठूलो चर्चा पाएको छ । उक्त कानुन अनुसार कुनै पनि अभिभावकले आफ्ना छोराछोरीलाई राति १० बजेपछि होमवर्क गराउँन पाइदैन ।

उनीहरुलाई अनिवार्य सुत्न दिनुपर्ने हुन्छ । होमवर्कका लागि १० बजेपछि पछि छोराछोरीलाई अनिदो राख्न नपाइने भएपछि अभिभावकहरु १० बजे अगावै आफ्ना सन्तानलाई सुत्न दिने गरेका छन् ।नियममा बच्चाका लागि होमवर्कभन्दा पर्याप्त निद्रा महत्वपूर्ण हने भन्दै रातमा १० बजे अगावै सुताउनु पर्ने नियम छ ।

यतिमात्रै होइन, शनिबार र आइतबार विद्यार्थीले मज्जाले खेल्न तथा रमाइलो गर्न पाउनुपर्ने, विदाका दिन पढ्न पठाउन वा घरमै पढाउने मान्छे बोलाउन समेत पाइने छैन । तर अभिभावकहरुले यस नियमको विरोध गरिरहेका छन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको