बिहीबार इन्भेष्टमेन्ट बैंकको सेयरमा आवेदन दिने अन्तिम मिति

कार्तिक २८, २०७६

काठमाडौं –  नेपाल इन्भेष्टमेन्ट बैंकको २९ हजार ३८० कित्ता संस्थापक सेयरमा आवेदन दिने आज बिहीबार (कात्तिक २८ गते) अन्तिम दिन हो । इन्भेष्टमेन्टले कात्तिक २१ गतेदेखि लिलामी सेयर बिक्री खुला गरेको थियो । यसमा बैंकका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति तथा संस्थाले बोलपत्र पेश गर्न सक्नेछन् ।

यस संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिसेयर २७५ रुपैयाँ तोकिएको छ । आवेदकले सोही मूल्यलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । न्यूनतम ३ हजार कित्तादेखि अधिकतम सबै कित्तका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले एनआइबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौंमा पुग्ने गरी बोलपत्र पेश गनुपर्नेछ । लिलामीको बोलपत्र मंसिर २ गते बिहान १०ः३० बजे एनआइबीएल एस क्यापिटलको कार्यालयमा खोलिने छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको