कालीप्रसाद र सन्तोषको एल्वम ‘उदास जवानी’ सार्वजनिक (भिडियो सहित)

चक्र प्रसाद पोख्रेल मंसिर १, २०७६

काठमाडौं -वरिष्ठ गीतकार कालीप्रसाद रिजाल र पछिल्लो समयका चर्चित संगीतकार सन्तोष श्रेष्ठको आधुनिक गीतिसंग्रह ‘उदास जवानी’ विमोचन भएको छ ।काठमाडौंको सर्वनाम नाटक घरमा शनिबार आयोजित कार्यक्रममा एल्वम ‘उदास जवानी’ विमोचन गरिएको हो ।

एल्वमको विमोचनमा वरिष्ठ गीतकार कालीप्रसाद रिजाल, वरिष्ठ संगीतकार दीपक जंगम, वरिष्ठ गीतकार एवम् चलचित्र निर्देशक यादव खरेल, वरिष्ठ साहित्यकार तुलसी दिवस र संगीतकार सन्तोष श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।

‘एक्लो उदास जवानी’ र ‘मै छोरीलाई नै गर्भमा नै‘’ लाई कार्यक्रममा देखाइएको थियो । यी दुबै गीतको म्युजिक भिडियोको निर्देशन हेम प्रभासले गरेका हुन् । छायांकन र सम्पादन वीरेन्द्र भाट ‘विपिन’ले गरेका छन् ।‘एक्लो उदास जवानी‘ ’मा मनोज राजले स्वर दिएका छन् । म्युजिक भिडियोमा अभिनेता मोहन निरौला र उषा खनालले अभिनय गरेका छन् ।‘मै छोरीलाई गर्भमा नै‘’ मा निशा देशारको स्वर रहेको छ ।

श्रीजना श्रेष्ठ, सफलता श्रेष्ठ, नारायणी उप्रेती, प्रदीप रिजाल र लक्ष्मी रिजालले अभिनय गरेका छन् ।एल्वममा पाँच वटा गीत समावेश छन् । शिशिर योगी, मनोज राज, निशा देशार, राज सागर, रीता केसी र साहिमा श्रेष्ठले स्वर दिएका छन् ।एल्वममा ‘एक्लो उदास जवानी’, ‘मै छोरीलाई गर्भमा नै‘’, ‘बाँच्दै नबाँचे पनि‘’, ‘मिसिएर दुइटा खोला‘’ र ‘सामुन्नेमा उसलाई देख्दा‘’ राखिएको छ ।

भिडियो:


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको