मसिंर १ बाट पिस प्वाइन्ट कप अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगिता

मंसिर १, २०७६

काठमाडौँ –  काठमाडौँको कात्यानी चोक मध्यवानेश्वरमा अवस्थित पिस प्वाइन्ट बोडिङ हाई स्कुलको आयोजनामा चौथो ३६१ डिग्री पिस प्वाइन्ट कप अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगिता मंसिर १ गते देखि हुने भएको छ । चौथो संस्करणको प्रतियोगिता मंसिर १ गते देखि ८ गते सम्म सानोगौचरण फुटबल मैदानमा संचालन हुने छ ।

प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आज संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी दिएको छ । आयोजकले दिएको जानकारी अनुसार यस प्रतियोगितामा पुरुष तर्फ कुल २२ समुह र महिला तर्फ १२ समुहले प्रतिष्पर्धा गर्ने छन् ।

नकआउट चरणमा संचालन हुने प्रतियोगितामा पुरुषतर्फ प्रथम, द्धितीय र तृतीय हुने टिमले क्रमश नगद २५ हजार , १५ हजार र १० हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् भने महिला तर्फ प्रथम , द्धितीय र तृतीय हुने टोलीले नगद क्रमश १५ हजार , १० हजार र ७ हजार प्राप्त गर्ने छन् ।

फुटबल खेललाई अतिरिक्त क्रियाकलापहरुमा पिस प्वाइन्ट बोडिङ स्कुलले मेरुदण्डको रुपमा विकास गरिरहेको र विद्यालय जीवनबाट नै राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सहयोग पुर्याउँने उदेश्यले प्रतियोगिता आयोजना गरिएको र विवादरहित ढंगले प्रतियोगिता सम्पन्न गराउँन हदै तयारी गरिएको आयोजक विद्यालय पिस प्वाइन्ट बोडिङ स्कुलकी प्रिन्सिपल इशु गुरुङले जानकारी दिनुभयो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको