सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौं – काठमाडौंको बसन्तपुरमा एक जना मजदुरको गएराति हत्या भएको छ । काठमाडौं १९ दमाई टोल बस्ने ४५ वर्षका अरुण चित्रकारको छुरा प्रहार गरी हत्या भएको हो ।
महानगरीय प्रहरी वृत्त, जनसेवाको टोलीले हत्यामा संलग्न भएको अभियोगमा चित्रकारका साथी काठमाडौं१२, ह्युमत टोल बस्ने ४६ वर्षका मनिषकुमार खड्गीलाई नियन्त्रणमा लिएको छ ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार मादक पदार्थ सेवन गरी भएको विवादका क्रममा छुरा प्रहार भएको देखिएको छ । प्रहरीका अनुसार छुरा प्रहार गरेपछि खड्गीले आफैंले चित्रकारलाई ट्रमा सेन्टरसम्म उपचारका लागि लगेका थिए ।तर, चिकित्सकले केहीवेरमै मृत घोषणा गरे ।
प्रहरीले घटनास्थल छेउबाट अपराधमा प्रयोग भएको हतियार पनि बरामद गरेको छ भने छुरा प्रहार गर्नुको कारणबारे अध्ययन गरिरहेको छ ।प्रहरीसँग दिएको प्रारम्भिक बयानमा भने खड्गीले आफूलाई सधैं हेप्ने गरेकाले रिसको झोँकमा छुरा प्रहार गरेको दाबी गरेका छन् ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका