अमेरिकाको क्यालिफोर्नियास्थित १० जनामाथि गोली प्रहार

मंसिर २, २०७६

 काठमाडौँ – अमेरिकाको क्यालिफोर्नियास्थित फ्रेस्नोमा स्क्रीनमा फूटबल हेर्दै पार्टी गरिरहेका कम्तीमा १० जनामाथि गोली प्रहार गरिएको छ । चारजनाको मृत्यु भएको छ ।

पीडितहरू पारिवारिक तथा साथीभाइ भेटघाटका क्रममा एउटा घरको पछिल्तिरको भागमा भेला भएका थिए । त्यतिखेरै एक अज्ञात व्यक्ति उनीहरू भएतिर आयो र गोली चलाउन थाल्यो, फ्रेस्नो प्रहरी लेफ्टिनेन्ट बिल डूलीले पत्रकारहरूलाई बताए ।

आइतवार राति ८ बजेतिर अनेकौं कलहरू आएपछि अधिकारीहरूले घटनास्थल पुगेका थिए । प्रहरीका अनुसार, २५ देखि ३० वर्ष उमेरका चार पुरुषको घटनामा मृत्यु भएको छ । एकजनालाई तत्कालै कम्युनिटी रिजनल मेडिकल सेन्टर लगिएको थियो र त्यहीँ उनको मृत्यु भयो ।

गोलीको घाउ लागेका थप पाँच पीडितलाई उक्त अस्पतालमा भर्ना गरिएको प्रहरीको भनाइ छ ।गोली प्रहार गर्ने व्यक्तिको खोजी प्रहरीले गरिरहेको छ ।

सीएनएनबाट


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको