विमान कम्पनी इमिरेट्सले एअरबससँग ५० वटा विमान खरिद गर्न सम्झौता

मंसिर ३, २०७६

 काठमाडौँ- ख्यातिप्राप्त विमान कम्पनी, इमिरेट्स एअरलाइनले एअरबस ३५०–९०० (वाइडबडी) ५० वटा विमान खरिद गर्न यूरोपेली बहुराष्ट्रिय विमान कम्पनी एअरबससँग १६ अर्ब अमेरिकी डलर बराबरको सम्झौता गरेको छ ।

‘संयुक्त अरब इमिरेट्सको ध्वजाबाहक विमान कम्पनीले एअरबस ३५० का ५० विमान किन्ने सम्झौता भएको घोषणा गर्न पाउँदा खुशी लागेको छ,’ इमिरेट्स कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत शेख अहमद् विन साइद अल–माक्तौमले सञ्चारकर्मीसँग भने ।

इमिरेट्सले विश्वका विभिन्न ८४ देशका १५८ गन्तव्यमा उडान भर्दै आएको छ । अहिले कम्पनीसँग २६७ ठूला तथा १०० भन्दा बढी एअरबस रहेका छन् । ‘सम्झौता हुनु एअरबसका लागि खुशीको कुरा हो,  बहुराष्ट्रिय विमान निर्माण कम्पनी एअरबसका प्रमुख कार्यकारी अधिकृत गुलियाम फाउरले बताए ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको