बलिउड ‘बादशाह’की छोरी सुहानाको डेब्यू फिल्म रिलिज

मंसिर ३, २०७६

 काठमाडौँ – बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खानको पहिलो फिल्म ‘द ग्रे पार्ट अफ ब्लू’ रिलिज भएको छ । सुहाना खानको यो छोटो फिल्मले निकै प्रशंसा बटुलेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। फिल्ममा सुहानाको अभिनयको पनि खुब तारिफ भइरहेको छ ।

सुहाना खानले आफ्नो इन्स्टाग्राममा फिल्मको भिडिओ शेयर गर्दै आफ्नो पहिलो फिल्मको खुसीयाली मनाएकी छन् । छोटो फिल्म भए पनि यसको ‘क्रेज’ दर्शकमा निकै राम्रो परेको पनि सञ्चारमाध्यमहरूले जनाएका छन् । मुख्य भूमिकामा देखिएकी सुहानाको यो पहिलो फिल्म उनकै कक्षाका साथीहरूले बनाएका हुन् । यो उनीहरूको ‘प्रोजेक्ट’ हो ।

बलिउड ‘बादशाह’की छोरी सुहानाको डेब्यू फिल्मका लागि प्रशंसकहरू निकै उत्साहजनक देखिएका छन् । सुहाना खान आफ्ना बुबाले झैं अभिनयमा नाम कमाउन चाहन्छिन् । यसबारे शाहरुखले नै एक अन्तर्वार्तामा जानकारी दिएका थिए । सुहानाले यही वर्ष आफ्नो ग्रयाजुएसन पुरा गरेकी हुन् ।

शाखरुखले सुहानाको पढाइ सकिएपछि मात्र मूलधारका फिल्म खेल्ने बताएका छन् । मूलधारका फिल्ममा सुहाना आउन अझै केही समय लागे पनि उनी सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म छाइरहेकी हुन्छिन्।

शाहरुखका छोरा आर्यनले पनि हालै ‘द लायन किङ’ मा सिम्बाको आवाज दिएका थिए । उनी भने फिल्ममा आउन नचाहने बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको