निर्मला प्रकरण विवादमा खेम भण्डारी जेल चलान

मंसिर ३, २०७६

कञ्चनपुर- कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणसँग जोडिएको एक अदालती मुद्दालाई प्रभावित पार्ने गरी समाचार सम्प्रेषण गरेको भन्दै अदालतको अवहेलनामा पत्रकार खेम भण्डारी जेल चलान भएका छन् ।

अदालतको अवहेलना हुने गरी समाचार र सामाजिक सञ्जालमा लेखेको जिल्ला अदालत कञ्चनपुरले ठहर गर्दै १ घण्टा जेल सजाय तोकेको थियो ।

जिल्ला अदालतले राखेका शर्त पूरा नगरेपछि मंगलवार भण्डारीलाई जेल चलान गरिएको छ । जिल्ला अदालत कञ्चनपुरले भण्डारीलाई ३ शर्तसहित १ घण्टा कैद र १ रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

भण्डारीले कञ्चनपुर कारागारमा १ घण्टा जेल कटाएपछि मंगलवारै छुट्ने जनाइएको छ । जिल्ला बार इकाइले पत्रकार भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेको थियो ।

पत्रकार भण्डारीले आफूले कुनै गलत काम नगरेको भन्दै अदालतका शर्त मान्न अस्वीकार गरेका थिए ।

पत्रकार भण्डारी महेन्द्रनगरबाट प्रकाशित हुने मानखण्ड दैनिकका सम्पादक, रेडियो महाकालीका सञ्चालक तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष समेत हुन् ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको