दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन कार्य भैरहेको ठाउँमा उच्छृङ्खल गतिविधि

चक्र प्रसाद पोख्रेल मंसिर ४, २०७६

दैलेख – चिनिया प्राविधिक टोलिले पछील्लो समय दैलेखका विभिन्न ठाउँमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने काममा स्थानियद्धाराउच्छृङ्खल गतिविधि भएका छन् ।

चिनियाँ प्राविधिक टोलीले दैलेखको श्रीस्थान, नाभीस्थान, धुलेश्वर र पादुका क्षेत्रमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि जमिन खन्ने, चिनो लगाउनेलगायतका काम गरिरहेको छ । तर प्राविधिकले खनेका १० देखि १२ मिटर गहिरा खाल्डा पुर्ने, ढुंगा भर्ने, चिन्ह मेटाइदिनेलगायतका उच्छृङ्खल काम भैरहेका छन् । चिनियाँ प्राविधिकलाई पेट्रोलियम पदार्थको अन्वेषणमा अफ्ठेरो पर्ने भएकाले उच्छृङ्खल काम नगरिदिन जिल्ला प्रशासन कार्यालय दैलेखले अनुरोध गरेको छ ।

जान्ने बुझ्ने र ठूला मान्छेले त्यस्ता काम गरे भन्ने हामीलाई लाग्दैन, साना केटाकेटी र गोठालाहरुले अञ्जानमा त्यस्ता काम गरेका हुन सक्छन्, हामीले सम्बन्धित स्थानीय तहलाई पत्र लेखेर सचेतना जगाउन भनेका छौँ ।’ दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले भने । ४० जनाको चिनियाँ टोलीले अहिले २० वर्ग किलोमिटर क्षेत्रमा अन्वेषणका लागि काम गरिरहेको छ ।

नेपालमा २०७२ सालमा संविधान जारी भएपछि भारतले नाकाबन्दी लगाएको थियो । त्यसपछि सरकारले नेपालमै भएका पेट्रोलियम पदार्थको अन्वेषण गर्ने घोषणा गरेको थियो । यो काममा चीनले सहयोग गरिरहेको छ । दैलेखका विभिन्न भागमा वर्षौंदेखि आगोको ज्वाला बलिरहेकाले त्यहाँ पेट्रोलियम पदार्थ रहेको अनुमान वैज्ञानिकले गरेका छन् ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको