गरिमा विकास बैंकले १७ प्रतिशत बोनसदिने भनि गर्याे घोषणा

३ वर्ष अगाडि

 काठमाडौँ –  बैंकले गत वर्षको मुनाफाबाट १६.१५ प्रतिशत बोनस शेयर र ०.८५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । बैंकको बुधबार बसेको संचालक समितिको बैंठकले उक्त निर्णय गरेको थियो ।बैंकको हाल चुक्तापूँजी २ अर्ब ७८ करोड ८३ लाख छ । बैंठकले मंसिर २७ मा पोखराको होटेल पोखरा ग्राण्डमा साधारण सभा गर्ने निर्णय पनि गरेको छ ।  वार्षिक साधारण सभामा बैंकले लाभांशसहित विभिन्न १० प्रस्ताव पेश गर्ने बताएको छ ।

साधारणसभामा वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गर्ने, प्रबन्धपत्र र नियामावलीमा आवश्यक संसोधन गर्ने लगायतका प्रस्तव पेश हुनेछन् । त्यस्तै, बैंकको अधिकृत पूँजी वृद्धि गरी ५ अर्ब पुर्याउने र मर्जर तथा प्राप्तिको विषयमा सम्पूर्ण निर्णय गर्ने अधिकार संचालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश हुने छ।

साधारणसभा प्रयोजनको लागि मंसिर १३ गते बुक क्लोज हुने छ। मंसिर १२ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउने बैंकले जानकारी दिएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट