नेपाल भ्रमण वर्ष २०२० माकर्णाली प्रदेशमा एक लाख विदेशी पर्यटक भित्र्याउछौ मन्त्री बुढा

चक्र प्रसाद पोख्रेल मंसिर ५, २०७६

काठमाडौ –कर्णाली प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० मा एक लाख वाह्य पर्यटक भित्राउने लक्ष्य राखेर तयारी तीब पारेको छ ।बुधबार सुर्खेतमा आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै कर्णाली पर्यटन प्रबर्द्धन समितिका संयोजक तथा उद्योग, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरि मनाउने तयारी गरिरहेका बेला कर्णाली प्रदेशले पनि एक लाख वाह्य पर्यटक भित्राउने तयारी गरेको बताए । पर्यटन उद्योग संचालन गरि मनग्य आम्दानी गर्नका लागि कर्णाली प्रदेश उपयुक्त रहेको उनले दावी गरेकाछन ।भ्रमण वर्षबाट सिंगो प्रदेशले लाभ लिन सकोस भन्ने हेतुले कर्णाली सरकारले ३१ सदस्यीय कर्णाली पर्यटन प्रबर्द्धन समिति गठन गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको अध्यक्षतामा गठित समितिमा भौतिक पूर्वाधार मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, सुरक्षा निकायहरु, पत्रकार महासंघका प्रदेश कार्यसमिति लगायतका निकायलाई सदस्यका रुपमा राखिएको छ।

समितिले कर्णालीमा पर्यटकलाई आकर्षण गर्ने गरि कार्य संचालन गर्ने छ । त्यस्तै कर्णाली पर्यटन प्रबर्द्धन समितिका सह–संयोजक राजु कार्किले समग्र कर्णालीको मुख्य चुनौति भौतिक पुर्वधार रहेको बताए ।

भ्रमण वर्षको लागि कर्णाली प्रदेशमा सचिवालय सहित ६ वटा उपसमितिहरु गठन गरिएको छ। जसमा प्रचारप्रसार उपसमिति, ईभेन्ट म्यानेजमेन्ट तथा सांस्कृतिक उपसमिति, आर्थिक उपसमिति, होटल तथा ट्रेकिङ व्यवस्था उपसमिति, मानव संसाधन तथा समन्वय उपसमिति छन् ।नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि ठूला पूर्वाधार तथा योजनाहरुमा जोड दिँदै साना तथा अत्यावश्यक कामहरुलाई प्राथमिकतामा राख्नुपर्नेमा पर्यटन क्षेत्र आबद्ध सरोकारवालाहरुले जोड दिएका छन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको